बस दुर्घटना हुँदा २६ जना घाइते

   २२ कार्तिक २०७८, सोमबार ११:२६  

२२ कात्तिक, रौतहट । तिहारमा खेलेको देउसी-भैलोबाट संकलित पैसाबाट वनभोज खान जाँदै गरेको बस कोइलावासमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

दाङ, कोइलावास हुलाकी सडकमा ना ४ ख ४३५९ नम्बरको बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका हुन् । वनभोज खान जाँदै गरेको घोराहीको नारायणपुर क्षेत्र अन्र्तगत गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास चारखम्बा नजिकै आइतबार दिउँसो नै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस अनियन्त्री भई दुर्घटना हुँदा घाइते भएका २६ जनमध्ये १ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिए । गम्भीर घाइते भएको एक जनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको छ ।

बस चालकलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।