टी-२० विश्वकपबाट बाहिरियो भारत
कात्तिक २१ । आइसिसी टि-२० विश्वकप २०२१ को दाबेदार मानिएको भारत सुपर १२ बाटै बाहिरिएको छ।
पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतको सेमिफाइनल यात्रा अन्य टिमको हात पुगेको थियो।
जसमा न्युजिल्यान्डले लगातार चार जित हात पार्दै अन्तिम चारमा स्थान पक्का गरेपछि भारतको सेमिफाइनल यात्रा समाप्त भएको छ।
भारतले सुपर १२ अन्तर्गत आफ्नो अन्तिम खेलमा भोलि नामिबियासँग खेल्दैछ। तर यो खेलअघि नै भारतको अन्तिम चारको यात्रा समाप्त भयो।






