दुई वटा मोटरसाइकल एकआपमा ठोक्किँदा २ जनाको मृत्यु, एक जना घाइते
साउन १८, रौतहट । सर्लाही जिल्लामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति ७ बजे पूश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका १७ मा प्रदेश नम्बर २-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज१म२३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले बताए ।
दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन । टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको प्रहरी प्रवक्ता मदन कुँवरलले बताएका हुन् ।