तेल ट्याङ्करमा विष्फोट हुदाँ ८४ जनाको मृत्यु
सिएरा लिओन । पश्चिम अफ्रिकी देश सिएरा लिओनमा तेल ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको छ ।
सिएर लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्यत दर्नजौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीकाअनुसार सहरको एब व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विष्फोट भएको हो ।
कतिपयले विष्फोटबाट १०० जनाभन्दा धेरैको ज्यान गएको बताएपनि त्यसको आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । सरकारले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग गरिने बताएको छ ।
गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए । घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो।
त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरविहीन भएका थिए।