सवारी दुर्घटना हुदाँ १० जनाको मृत्यु
द नेपाल मिडिया
१७ कार्तिक २०७८, बुधबार १५:०४
कश्मिर । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मिरमा भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ ।
सर्वसाधारण चढेको एक भ्यान गहिराईमा खस्दा १० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको हो । दुर्घटनामा दर्जनौंँ यात्रु घाइते भएको बताइएको छ ।
दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।
यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त नभइसकेको समाचारमा उल्लेख छ ।