घृणा गर्नेलाई अमिताभको जवाफ
साउन १७, रौतहट । अभिनेता अमिताभ बच्चनका लाखौं फ्यान छन् । त्यसो त उनलाई घृणा गर्नेहरु पनि छन् । कोरोना परिक्षण पोजेटिभ देखिएपछि अमिताभ उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । पछिल्लो समय उनलाई घृणा गर्नेमध्ये केहीले त कोभिडकै कारण अमिताभ मृत्यु हुन्छ, भन्ने आशयका ट्रोलसमेत बनाउन भ्याए ।
अभिनेता बच्चनले घृणा गर्नेहरुलाई मंगलबार राति सर्पको लामो कथा जोड्दै व्यङ्ग्यात्मक शैलीमा लामो ब्लग लेखेका छन् । ठोक्नु त निश्चित नै हो, उनले ब्लगमा लेखेका छन् । यसअघिको ब्लगमा उनले आक्रोश पोखिएको थियो । कोभिडकै कारण तिम्रो ज्यान जाओस्ु भनेर आफूलाई घृणा गर्ने विरुद्ध उनले लेखेका थिए, तिमीले आफ्नो बुवाको नाम लेखेनछौ । किनकि कसले तिमीलाई जन्म दियो तिमीलाई त्यो पनि थाहा छैन । कि मर्न सक्छु कि त बाँच्न सक्छु । म मरें भने कुनै सेलेब्रिटीको नाममा तिमीले यस्तो कुरा लेख्नुपर्ने छैन।
यदि ईश्वरको कृपाले म बाँचे भने तिमीले तुफानको सामना गर्नुपर्छ । त्यो पनि मबाट मात्रै होइन, मेरा ९ करोड प्रशंसकहरुबाट आक्रामक तरिकाले, अभिताभले ब्लगमा लेखेका छन् ।