बर्दियामा जुवाखालबाट ९ जना पक्राउ

   १६ कार्तिक २०७८, मंगलवार १२:२८  

१६ कात्तिक, रौतहट । बर्दियाबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका ७ स्थित राज रमेश यादवको घरमा जुवा खेलाईरहेको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक गोपाल पौडेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

जुवाखालबाट प्रहरीले उनीहरुको साथबाट २ लाख रुपैयाँ नगद समेत बरामद गरेका छ । पक्राउ परेका उनीहरुमाथि जुवा सम्बन्धी कसुर मुद्दा दायरा गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।