सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति नभएको पुष्टि
१६ कात्तिक, रौतहट । नेपालगञ्ज विमानस्थलबाट हुम्लाको सिमिकोट उड्न लागेको सीता एयरको जहाज दुर्घटना भएको छ । बँदेलसँग ठोकिएर आज बिहान सीता एयरको जहाज दुर्घटना भएको छ ।
जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोक्किदाँ विमान चालकसहित १४ यात्रु दुर्घटनामा परेको हो । दुर्घटना भएपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिए छ । हाल विमान धावनमार्गबाट हटाउने काम सुरु भएकेले विमानस्थल बन्द गरिएको छ ।
दुर्घटनामा परेको विमानमा करिव ९० केजी कार्गो समेत रहेको थियो ।