मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक प्रहरी जवानको मृत्यु

   १६ कार्तिक २०७८, मंगलवार ११:१६  

१६ कात्तिक, रौतहट । मोटरसाइकद दुर्घटना हुँदा रौतहटमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

गढीमाई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा मोटरसाइकल ठोक्किदाँ दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा सर्लाहीको धनकौल वैरिया बस्ने ३३ वर्षीय रामनिवास यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । यादवले चलाएको मोटरसाइकल सोमबार राति करिब ८:१५ बजेतिर बागमती नदीको पुलमा ठोकिएको थियो ।

दुर्घटनाको खबर पाए लगत्तै डिएसपी श्रीराम भण्डारीको नेतृत्वका ईलाका प्रहरी कार्यालय पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो ।

मृतक प्रहरी जवान यादवको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याएको प्रहरीले जनाएको छ । हाल दुर्घटनाको कारण खुल्लन सकेको छैन्, यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।