नेपालमा थपिए ५३३ कोरोना संक्रमित
१५ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ४ सय ४१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा ४ हजार १ सय ९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९२ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६ सय ३८ पुगेको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा ४ सय ९० जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म नेपालमा ७ लाख ९२ हजार २ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४ सय १६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ९ हजार ३ सय १८ संक्रमित उपचाररत छन् ।