समाजसेवी सिंहद्धारा ब्रतालुलाई पुजा सामग्री वितरण
१५ कात्तिक, रौतहट । दिवंगत पत्नीको सम्झनामा रौतहटका एक समाजसेवीले छठ व्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरेका छन् ।
जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ का संतोष सिंहले आफ्ना श्रीमती स्वर्गीय अर्चना कुमारी सिंहको सम्झनामा २६ जना व्रतालुहरुलाई सामग्री वितरण गरेका हुन ।
स्वर्गीय सिंहको चीर शान्तिको कामना गर्दै सोमबार बिहान निजी निवासबाट हिन्दुहरुको महान पर्व छठ पुजाको अवसरमा साडी तथा साठीको चामल वितरण गरेको सिंहले बताए ।
आज बिहान सिंहले गाउँका केही मानिसहरुको उपस्थितमा ब्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरिएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरको बेला संक्रमित भएकी संतोष सिंहकी श्रीमती अर्चना सिंहलाई उपचारको लागि श्री बिरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको मा उपचारको क्रममा गत बैशाख २४ गते उनको मृत्यु भएको थियो ।
नेपाली सेनाको पदबाट अवकास प्राप्त सैनिक संतोष सिंहले १९ वर्षसम्म देशको सेवा गरेका थिए । उनी हाल सामाजिक कार्य तथा जनताको सेवामा लागेका छन् ।