मोरङमा अवैध पटाका नष्ट

   १५ कार्तिक २०७८, सोमबार ११:२८  

१५ कात्तिक, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको पटाका मोरङ प्रहरीले नष्ट गरेको छ ।

चाडपर्वको बेला भन्सार छलेर भारतबाट ल्याउँदै गरेको करीब ३ लाख ३४ हजार ८ सय मूल्य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

उक्त पटाका आज बिहानै बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बरामद भएको पटाका जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।