आज थप ४०८ जनामा कोरोना पुष्टि, ५१८ जना कोरोनामुक्त

   १४ कार्तिक २०७८, आईतवार १६:१८  

१४ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय ७६ जनाको कोरोना रिपोर्ट पोजेटि आएको छ ।
यस्तै, बितेको २४ घण्टामा २ हजार १६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, यो अवधिमा थप ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएका छन् ।