करणी आरोपमा ५० वर्षीय पुरुष पक्राउ

   १४ कार्तिक २०७८, आईतवार १५:५९  

१४ कात्तिक, रौतहट । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरबाट एक जना पक्राउ परेका छन् ।

४ वर्षीया बालिकालाई बलात्कार आरोपमा जिल्लाको भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति नै हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मदिरा सेवन गरेर उनले ती बालिकालाई आफ्नै घरमा करणी गरेको भन्दैँ आएको सूचनाका आधारमा करनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।