सुर्खेतबाट लागूऔषधसहित ३ जना पक्राउ
१४ कात्तिक, रौतहट । सुर्खेतबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका ८ सुकुमबासी टोल बस्ने १८ वर्षीय गणेश बिसी, सोही नगरपालिका २ जयपुरका २७ वर्षका दीपेन्द्र रोकाया र २३ वर्षीय बखत विकलाई लागूऔषधसहित आज हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनीहरुको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर र ४ हजार ४८० रुपैयाँ नगद समेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।