वीरगञ्जबाट चाँदीका गहनासहित एक जना पक्राउ
१४ कात्तिक, रौतहट । वीरगञ्जबाट चाँदीको गहनासहित एक जना पक्राउ परेका छन् ।
भारतको रक्सौलबाट अवैधरुपमा ल्याएको चाँदीको गहनासहित वीरगञ्ज महानगरपालिका १ बस्ने ३९ वर्षीय रामबाबु साह सोनारलाई हिरासतामा लिएको प्रहरीले जनाएको छ ।
सवारी चेकजाँच गर्ने क्रममा भारतीय बीआर२२एसी ४०९९ नम्बरको पल्सर मोटरसाइकलमा सवार साहलाई चेक गर्दा १ किलो ४५ ग्राम चाँदीको तयारी गहनासहित वीरगञ्ज महानगरपालिका १७ अलौ सिर्सियाँबाट शनिबार साँझ ५ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उक्त गहनाको बिल नभएको कारण पक्राउ परेका उनलाई आवश्यका कारबाहीको लागि गहनासहित राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।