बस दुुर्घटनामा परी १० जना घाइते
१४ कात्तिक, रौतहट । डडेल्धुरामा भएको बस दुुर्घटनामा परी १० जना घाइते भएका छन् । ३२ जना सवार भएको बस दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका वडा नम्बर १ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ । सडकबाट करिब १५० मिटर तल खसेर बस दुर्घटना भएको हाल कारण खुल्लन सकेको छैन ।
दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।






