रौतहटको साह ट्रेड कन्सर्नमा आगलागी हुँदा करोडौंको क्षति
१२ कात्तिक, रौतहट । रौतहटको गरुडास्थित साह ट्रेड कन्सर्नमा आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार शुक्रबार बिहान करिब ४ः३० बजेतिर विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागी हुँदा घरमा भएको सम्पूर्ण समाग्री जलेर पूर्णरुपमा नष्ट भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोली र २ वटा दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको भण्डारीले बताए । आज बिहान साह ट्रेड कन्सर्नमा भएको आगलागीबाट १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।