आज बिहान बेलायत प्रस्थान गरे प्रधानमन्त्री देउवा

   १२ कार्तिक २०७८, शुक्रबार १२:०९  

१२ कात्तिक, रौतहट । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२६० मा सहभागी हुन शुक्रबार बिहान प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गरेका छन् ।

यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा प्रधानमन्त्री देउवाले वल्र्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम समेत आयोजित गरिएको स्रोतले जनाएको छ ।

बेलायतको शहर ग्लासगोमा चल्ने सम्मेलनमा यो सम्मेलन आयोजित गरिएको छ । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित गएका २० सदस्यहरु कात्तिक १८ गते नेपाल फर्किने छ ।

पाँचौ पटक प्रधानमन्त्री भएका देउवाको यो पहिलो विदेश भ्रमण हो ।