काठमाडौँबाट ११ अफगानी नागरिक पक्राउ

   ८ कार्तिक २०७८, सोमबार १०:५८  

८ कात्तिक, रौतहट । काठमाडौँबाट आज बिहान ११ अफगानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँको सिनामंगलबाट सोमबार बिहान पक्राउ परेका ११ जना अफगानीमध्ये ६ जनासंग भारतको आधारकार्डसमेत बरामद भएको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

६ जनासंग बरामद भएको भारतको आधारकार्ड नक्कली भएको सिंहको भनाइ छ । नेपाल भारतको रुपन्देही सिमानाकाबाट बेलहिया हुँदै उनीहरु नेपाल प्रवेश गरेको अनुसन्धानमा खुलेको छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर नेपाल प्रवेश गरेका थिए । सिनामंगलको एक घरबाट उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहानै पक्राउ गरेको थियो ।