गृहनगर झापा पुगे अध्यक्ष ओली, प्रभु साह भएनन् सहभागी
७ कात्तिक, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहनगर झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टीका नेताहरुको साथ ओली गएपनि नेता प्रभु साह झापा गएका झापा गएनन् ।
अध्यक्ष ओली आइतबार मध्याह्न १२ बजे झापा पुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेका वडा अधिवेसन सकिएको भोलिपल्ट गृहनगर पुगेका ओली ३ दिन प्रदेश १ मा रहने भएका छन् ।
भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी कात्तिक ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने स्रोतले जानकारी दिए ।
लामो समयदेखि एमालेमा असन्तुष्ट रहेका प्रभु साह पनि आइतबारबाट औपचारिक रूपमा सक्रिय भएपनि झापा नगएर काठमाडौँमै बस्ने बताएका स्रोतले जनाएको छ ।