बेमौसमी वर्षा: किसानको पीडा

   ७ कार्तिक २०७८, आईतवार १२:०८  

७ कात्तिक, रौतहट । केही दिनदेखि लगातार भएको बेमौसमी वर्षाका कारण किसानले काटेर राखेको धान खेतमै पुनःउम्रियो ।

निरन्तर भएको वर्षाका कारण आएको बाढीपहिरोमा जनधनको ठुलो क्षति भएको छ । किसानले काटेर राखेको धान बाढीका पानीले बगाए । खेतमा बचेको धान कुहिएर खेतमै पुनः उम्रिन लागेको छ ।

पीडित किसान भन्छन्, ूसमयमै वर्षा हुँदा समयमै धान रोप्न पाएपनि अबको यो वर्ष खरिद गरेर खानुपर्ने अवस्था आइसकेको छ । वर्षाका पानीले भिजेका धान सुकाउन राखिएपनि उम्रिन थालेको छू । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् । किसान भन्छन् ूखेतमा उप्जाएको धानबाली बेचेर परिवारको खर्च धानिँदै आएपनि धानबाली भित्र्याउने बेलामा बेमौसमी वर्षाले सखाप र्पायोू । काटेर खारेको धान खेतबाट उठाउनै पाएनौँ, यसपालीको मेहनत खेर गयो ।

ूजोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्चसमेत नउठ्ने भयो। परिवार पाल्नैका लागि वैदेशिक रोजगारका लागि बाहिर जान बाध्य भयौूँ ।