नेपालमा थपिए ७०८ संक्रमित, ९३२ जना कोरोनामुक्त

   ५ कार्तिक २०७८, शुक्रबार १६:५७  

५ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रलयका अनुसार विगत २४ घण्टामा ७ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५ सय ७४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, बितेको २४ घण्टामा २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३४ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

योसंगै हालसम्म नेपाल संक्रमितहरुको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । जसमध्ये हाल नेपालमा १० हजार ९ सय ४६ कोरोना संक्रमित उपचाररत छन् ।

त्यसैगरी, यो अवधिमा कोरोना जितेर थप ९ सय ३२ जना डिस्चार्ज भएका हुन् । यससहित हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या ७ लाख ८५ हजार ८ सय १३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ३ सय ३७ पुगेको छ ।