अवैध रकमसहित एक भारतीय पक्राउ

   ५ कार्तिक २०७८, शुक्रबार १४:०६  

५ कात्तिक, रौतहट । रौतहटबाट भारतीय नोटसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहा स्थित बकैया खोलाको बाँधमा सवारी चेकजाँच गर्ने क्रममा नेपालतर्फ आउँदैँ गरेको भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नम्बर ५ वस्ने २२ वर्षीय सुशिल कुमार साहलाई आज दिउँसो १ बजेतिर अवैध रकमसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बन्जरहावाट खटिएको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेको साहले बोकेको झोला चेक जाँच गर्दा १ लाख ८० हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त रकमसहित पक्राउ परेको साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।