आज पनि भएन् आलमको मुद्दामा सुनुवाइ
५ कात्तिक, रौतहट । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सर्वोच्च अदालत सुनुवाइ हुन सकेन ।
सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको हो ।
थुनामुक्त हुनका लागि आलमले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुने तय भएको थियो ।
२०७६ असोज २६ गते पक्राउ परेका आलमको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत र उच्च अदालतले दिएको आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।