मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

   ३१ आश्विन २०७८, आईतवार १०:५९  

३१ असोज, रौतहट । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

कैलालीको टीकापुर नगरपालिका २ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलको पछाडि सवार सो स्थानका १८ वर्षीय केशव मगरको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका टीकापुरकै १९ वर्षीय आशिष मगरको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।