श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

   २७ आश्विन २०७८, बुधबार ११:५२  

२७ असोज, रौतहट । भोजपुरबाट प्रहरीले एक जनालाई हत्या आरोपमा पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीको हत्या अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दाका ४० वर्षीय फराछेतर शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेको गोप्य सूचना पाए लतत्तै इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले आरोपीलाई मंगलबार साँझ नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हिरासतमा लिएको आरोपी शेर्पामाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।