सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
journey fortech
२७ आश्विन २०७८, बुधबार ११:३२
२७ असोज, रौतहट । महोत्तरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी ज।१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार सुरज तामाङ र प्र २-०१-००२ प-०५९७ नम्बरको मोटरसाइकलमा सवार विजयकुमार महत्तोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ बर्दिबास ४ विश्वकर्मा चोक पूर्व पश्चिम लोकमार्ग अगाडी दुवै मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको थियो । यसबारे अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।