सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएकाहरु पक्राउ

   १६ श्रावण २०७७, शुक्रबार १४:०३  

साउन १६, रौतहट । अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियान्ताले प्रदर्शन गरेका थिए ।

बालुवाटारको सडकमा उभिदैमा पक्राउ गरेको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले बताइन् । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको छ ।