बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु
२६ असोज, रौतहट । बाँकेमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।
जिल्लाको राप्तीसोनारी ८ परुवाखोला नजिकै काठमाडौँबाट बैतडी जादैँ गरेको ना ६ ख ७४८४ नम्बरको बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृतयु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ भएको दुर्घटनामा राप्तीसोनारी ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।