करणी आरोपमा ललितपुरबाट एक पक्राउ
२६ असोज, रौतहट । करणी आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
बागमती गाउँपालिका वडा नम्बर १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सत्यालले घर बनाउने काममा लगाएको ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । सोमबार ती कामदार महिला बसिरहेकी अवस्थामा उनलाई जबरजस्ती करणी गरेको सूचना पाए लगत्तै प्रहरी चौकी टीकाभैरबाट खटिएको टोलीले आरोपीलाई आज पक्राउ गरेको छ ।
पक्राउ परेको सत्यालमाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।