नेपालमा थपिए ७८५ संक्रमित, १२ जनाको मृत्यु
२५ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार १ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने १ सय २२ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाएका छन् ।