रुपन्देहीमा एक युवतीको शव फेला

   २५ आश्विन २०७८, सोमबार १४:५५  

२५ असोज, रौतहट । रुपन्देहीमा आज एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाको कोटहीमाई गाउँपालिकाको खेतमा सोही गाउँपालिका ६ फुलवरीयास्थित अन्दाजी २७ वर्षीय महिलाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेको शवको हाल पहिचान हुन सकेको छैन् ।

यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।