सुनसरीबाट यार्सागुम्बासहित दुईजना पक्राउ

   २५ आश्विन २०७८, सोमबार १४:२७  

२५ असोज, रौतहट । सुनसरीबाट यार्सागुम्बासहित दुई जना पक्राउ परेका छन् ।

खोटाङ रावाबेशी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय समिर गुरुङसहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट ३ किलो यार्सागुम्बा बरामद भएको प्रहरीले जनाएको छ ।

ईटहरी उपमहानगरपालिका ६ स्थित जय नेपाल होटलबाट उक्त यार्सागुम्बासहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका दुवै जनालाई अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय तरहरा पठाइएको प्रहरीले जनाएको छ ।