प्रहरी हिरासतमा पासो लगाएर एक जनाले गरे आत्महत्या
२५ असोज, रौतहट । प्रहरी हिरासतमै एक थुनुवा मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको सुदूरपूर्वी इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ३ बेतान बस्ने ३५ वर्षका धनबहादुर रानामगरको मृत्यु भएको छ । थुनामा रहेका रानामगर शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार शौचालयभित्र गएका उनी लामो समयसम्म बाहिर नआएपछि, थुनामा रहेका अन्य व्यक्तिले प्रहरीलाई खबर गरेका थिए । खबर लग्त्तै शौचालयका ढोका फोडेर हेदाँ उनी लगाएको आफ्नो गन्जीको पासो लगाएर भेन्टिलेसनमा झुडिएको अवस्थामा फेला परेका थिए ।
मृत अवस्थामा फेला परेका उनलाई भैँसी चोरेको आरोपमा आइतबार नै पक्राउ गरेको थियो । यस घटनाबारे अनुसन्धानमा कैलाली प्रहरी उपरीक्षक विश्व अधिकारी आफै खटेका हुन् । हिरासतभित्र थप पाँचजना रहेका छन् ।