महोत्तरीबाट घुससहित वडाअध्यक्ष पक्राउ

   २५ आश्विन २०७८, सोमबार १२:५९  

२५ असोज, रौतहट । १० हजार घुसलिएको आरोपमा महोत्तरीको एक पालिकाबाट वडाअध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर महतोलाई घुसको १० हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिरासतमा लिएको हो ।

जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत महतोले सेवाग्रहीसंग १० हजार रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । निजलाई घुसको रकमसहित उनकै कार्यकक्षबाट आइतबार नै पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास ल्याइएको छ ।