अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते
२५ असोज, रौतहट । जन्ती गएर फर्किएको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी पन्चदेवल नगरपालिका वडा नमबर २ बस्ने १४ वर्षीय जीवन न्यौपाने, सोही वडा नम्बरका १८ वर्षीय सर्प बोहरा र ववडा नम्बर ३ का १७ वर्षीय जीवन जैसीको मृत्यु भएको छ ।
अछाममा भएको बोलेरो दुर्घटनामा परी चालकसहित १६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पन्चदेवल विनायक नगरपालिका १ कुइकामा से१च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।