नक्कली टिकट बेचेको आरोपमा दुई जना पक्राउ
journey fortech
२५ आश्विन २०७८, सोमबार ११:२९
२५ असोज, रौतहट । नक्कली टिकट बेचेको आरोपमा वीरेन्द्रनगरस्थित सिटी बसपार्कबाट दुई जना पक्राउ परेका छन् ।
यात्रुलाई नक्कली टिकट बेचिरहेको अवस्थामा वीरेन्द्रनगर ६ का १९ वर्षीय सञ्जु सुनार र दैलेखको आठविस नगरपालिका ४ बस्ने २० वर्षीय प्रकाश चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जाने यात्रुहरुको बसपार्कमा भीड बढेको मौका छोपेर देउती नागरिक यातायात प्रालिको नक्कली लोगो र छाप बनाएर बसपार्क बाहिर यात्रुलाई टिकट बेचेको अभियोगमा दुवै जनालाई हिरासतमा लिएको हो ।
दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म रु १ हजार ८५० र सुर्खेत जुम्ला दुई हजार रुपैयाँ भाडा उल्लेख गरेका नगर प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।