रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो, दुई जना घाइते

   २४ आश्विन २०७८, आईतवार १४:५५  

२४ असोज, रौतहट । बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा आज दिउँसो गोली चलेको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको लागेर दुई जना घाइते समेत भएका छन् । बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि स्थानीले प्रहरीमाथि आक्रमण गरेको थियो ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनामध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको जनाइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु करिब दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन । घाइते भएका दुवै जनालाई उपचारको लागि अस्पताल पठाइएको छ । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएका थिए ।

१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको कारण आइतबार दिउँसो स्थानीय र सशस्त्र प्रहरी बीच झडप भएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले जानकारी दिए ।