हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

   २४ आश्विन २०७८, आईतवार १३:२९  

२४ असोज, रौतहट । हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार राजापुर नगरपालिका १० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको थियो ।
शनिबार घरबाट निस्केको दहित आज बिहानसम्म घर नफर्केपछि आफन्तले उनको खोजी गर्दा आज बिहान उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।