चन्द्रपुरमा आज बली प्रथाको विरुद्ध प्रदर्शन

   २४ आश्विन २०७८, आईतवार १३:०६  

२४ असोज, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा बली प्रथाको बिरुद्धमा श्री कृष्ण प्रणामी युवा परिषदले मौन प्रदर्शन गरेको छ ।

आज बिहान युवा परिषदले मठ मन्दिरमा गरिने बलि प्रथाको अन्त्य गर्ने मागसहित मौन र्याली निकालेका थिए ।
‘पशुबलि धर्म हैन अपराध हो, भन्दैँ यस्तो कुनै किसिमको तथा कुनै पनि बहाना मा बलि दिनु पाप हो, शाकाहारी जीवन शैली अपनाऔँ, जस्तो आहार त्यस्तै विचार’ को नारा लगायत आइतबार बिहान मौर्न याली निकालेका थिए । बलिविरुद्ध प्लेकार्ड बोकेर सयौँ मानिस र्यालीमा सहभागी भएका थिए ।

बलि बिरुद्ध सचेतनाको लागि मौन र्यालीको आयोजना गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल रौतहटका अध्यक्ष बिमल सापकोटाले बताएका हुन् ।

बलिविरुद्ध गरिएको प्रदर्शन सम्पन्न भएलग्तै कार्यक्रममा श्री १०८ अमृतराज महाराज, बैष्णव परिषद रौतहटका अध्यक्ष अच्युतम सुवेदी, विश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष शालिग्राम उपाध्याय, ब्रम्हकुमारी राज योग केन्द्रका गुणराज लामिछाने लगायतले बलि प्रथाको विरुद्ध मन्तव्य राखेका थिए ।