हिरासतमा एक थुनुवाको मृत्यु पश्चात् सुनसरी प्रहरी कार्यालय तनावग्रस्त

   २४ आश्विन २०७८, आईतवार १२:३६  

२४ असोज, रौतहट । हिरासतमा एक थुनुवाको मृत्यु भएपछि, जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ ।

केही दिन अघि पक्राउ परेका नरसिंह गाउँपालिका ५ का हकिव मियाँले प्रहरी हिरासत भित्र नै पासो लगाई आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

मियाँको मृत्यु पश्चात् पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । मृतकका आफन्तहरुले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए ।