बर्दियाबाट १३ जुवाडे पक्राउ
२४ असोज, रौतहट । बर्दियामा जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तास खेलिरहेको अवस्थामा प्रहरीले दाङको घोराही उपमहानगरपालिका–९ दबीचौरा बस्ने श्यामलाल चौधरीको घरमा जुवा खेलीरहेका ४१ बर्षीय पुस्कर केसी, होमबहादुर केसी, मनबीर चौधरी, चिल्लु चौधरी, कालीचरण धौधरी, कमल चौधरी, गिरबहादुर कामी, कुमार केसी, गोविन्द डिसी, कर्णबहादुर विश्वकर्मा, सन्दीप चौधरी र विष्णु चौधरी पक्राउ परेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट २ लाख नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । हिरासतमा रहेका उनीहरुमाथि यसबारे अनुसन्धान सुरु भएको छ ।