पाकिस्तानमा भुकम्प २० जनाको मृत्यु
बलोचिस्तान । बिहीवार बिहानै पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ । उक्त भुकम्पमा परि कम्तीमा २० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएका अनुमानका माझ विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ ।
मारिनेमा महिला तथा बालबालिकाहरू पनि रहेका रोएटर्स समाचार एजेन्सीले जनाएको छ।
अमेरिकाको यूएस जिओलोजिकल सर्भेकाअनुसार भूकम्प ५।९ म्याग्निट्यूडको थियो र यसको गहिराइ ९ किमि मात्र थियो। यतिको कम गहिराइमा जाने भूकम्पले सामान्यतया बढी क्षति पुर्याउने गर्छन् ।
उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई जनाए अनुसार कम्तिमा १५० जना घाइते भएका थाहा भएको छ । ति मध्ये केहीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ।
यो खबर बीबीसीको सहयोगमा तयार पारिएको छ ।