नेपालमा थपिए १ हजार ४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु
२० असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ८ सय ४९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, बितेको २४ घण्टामा ४ हजार ३ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९४ जनामा एन्टिजेन संक्रमण देखिएको छ । त्यसैगरी, यो अवधिमा थप ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हासम्म १६ हजार १ सय ९४ कोरोना संक्रमित उपचाररत छन् ।