बारामा करेन्ट लागेर एक जनाको घटनास्थलै मृत्यु

   २० आश्विन २०७८, बुधबार १५:५७  

२० असोज, रौतहट । करेन्ट लागेर बारामा आज एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका ८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५ बर्षीय रामेश्वर महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब ९ः३० बजेतिर पानी तान्ने मोटरमा बनाउँने क्रममा करेन्ट लागेर घटनास्थलमै महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पोष्टमार्टमका लागि मृतकको शव कलैया अस्पतालमा राखएिको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।