रुखको हाँगामा झुन्डिएको अवस्थामा युवती फेला
२० असोज, रौतहट । सुनसरीमा एक युवती रुखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित शनिमन्दिर नजिकै रहेको जंगलमा आज सोही गाउँपालिका वडा नम्बर २ रायपुर बस्ने २० वर्षीया चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार घाँस काट्न गएका स्थानीयबासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिएद । पोष्टमार्टमका लागि मृतक चौधरीको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको छ ।
पहिलादेखि नै मानसिक सन्तुलन ठिक नरहेको चौधरी गत शनिबारदेखि नै घरबाट हराएकी थिइन् । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






