पर्साबाट गाँजासहित एकजना पक्राउ
journey fortech
२० आश्विन २०७८, बुधबार १४:२६
२० असोज, रौतहट । पर्सामा गाँजासहित एक जना पक्राउ परेका छन् ।
लागूऔषध गाँजासहित पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय लोकराज पटेल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले पटेललाई सोमबार नै पक्राउ गरेको थियो ।






