सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्यो

   २० आश्विन २०७८, बुधबार ११:५१  

२० असोज, रौतहट । सुनको मूल्यमा सामान गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार तेजावी सुनको कारोबार प्रतितोलामा ८९ हजार ४ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यसैगरी तीन दिनदेखि स्थिर रहेको चाँदीको कारोबार आज पनि १ हजार १ सय ६० रुपैयाँमा भइरहेको छ ।