घरमा लुकाई छिपाई राखेको अवस्थामा ४० लाखको औषधि बरामद
२० असोज, रौतहट । इलामबाट विभिन्न किसिमका औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ ।
अवैध रुपमा विभिन्न किसिमका औषधी ल्याई घरमा राखेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी सुनसरीबाट खटिएको टोलीले जिल्लाको सूर्योदय नगरपालिका ३ कट्टेबुङ बस्ने राजकुमार गोलेको घर तलासी गर्दा करिब ४० लाख ४१ हजार रुपैयाँ बराबरको औषधी बरामद भएको छ ।
आवश्यक कारबाहीका लागि बरामद भएको उक्त औषधी भन्सार कार्यालय पशुपतिनगर पठाइएको छ ।